दसौँ दिनपछि तिलक कोइरालाले तोडे आमरण अनशन

१ बर्ष अगाडि

काठमाडौं - तिलक कोइरालाले आमरण अनशन तोडेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर कोइरालाले अनशन तोडेका हुन् । 

पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए । दसौँ दिन उनले अनशन तोडेका हुन् । 

अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर सम्पन्न भएपछि कोइरालाले अनशन तोडेका हुन् । 

अहिले कोइरालालाई अस्पताल लैजाने तयारी भइरहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया