दाबी भुक्तानी नपाएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

१ बर्ष अगाडि

काठमाडौं - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै दाबी भुक्तानी नपाएको भन्दै असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको हो ।

स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दावी रकमको भुक्तानी नभएसम्म स्वास्थ्य बीमा सेवा स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ । बीमितहरुलाई प्रतिष्ठानले बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग अनर्तगत दिइने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गरिने जनाएको हो ।

प्रतिष्ठानले दैनिक रुपमा उपचारको लागि आउने बीरामीहरुलाई स्वास्थ्य उपचार सेवा पुर्याए वापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा कर्मचारीहरुको नियमित तलब भत्ता लगायतको दैनिक प्रशासनिक खर्च एंव अस्पतालको दैनिक खर्चमा समेत असर परेको जनाएको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया