हङकङ विश्वकै सबैभन्दा महँगो सहर, अन्य स्थानमा कुन ?

१ बर्ष अगाडि

काठमाडौं- हङकङ विश्वकै सबैभन्दा महँगो सहर बनेको छ। 

विदेशमा बसोबास गर्न र काम गर्नका लागि सन् २०२२ मा हङकङ विश्वकै सबैभन्दा महँगो सहर बनेको हो। मर्सरले हालै सार्वजनिक तथ्यांकअनुसार बढ्दो जीवनयापनको लागत र प्रवासी बजारमा बिग्रिदै गएको बृहत आर्थिक प्रवृत्तिले हङकङ विश्वकै सबैभन्दा महँगो सहर बनेको हो। 

यसअघि विश्वकै सबैभन्दा महँगो सहरमा हङकङ दोस्रो स्थानमा थियो। हङकले तुर्केमेनिस्तानको आस्गावादलाई पछि पारेको छ। यसअघि सन् २०२१ मा आस्गावाद पहिलो स्थानमा थियो। 

बढ्दो मुद्रास्फीतिले पनि हङकङमा मानिसको जीवनयापन महँगो बनेको छ। त्यहाँको रियल स्टेट मार्केटदेखि दैनिक उपभोग्य सामान र सेवाहरु मूल्य पनि महँगिएको छ। 

यो सूचीको दोस्रो स्थानमा स्विट्जरल्यान्डको जुरिच रहेको छ। तेस्रो स्थानमा जेनेभा, चौथो स्थानमा बासेल र पाँचौ स्थानमा बर्न सहर रहेका छन्। 

१ बर्ष अगाडि

प्रतिक्रिया