ठुला ब्रोकरको चुक्ता पूँजी एक अर्ब ५० करोडसम्म रहने

१ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले नयाँ प्रणालीबाट ब्रोकर लाइसेन्स खुला गर्ने प्रणालीको प्रस्ताव अगाडी सारेको छ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र ९लाइसेन्स० लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको हो । 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्दै नयाँ ब्रोकरलाई लाइसेन्स दिने बाटो खुला गरेको हो ।

नयाँ व्यवस्था अनुसार अव ब्रोकरलाई तीन तहमा वर्गिकरण गरिनेछ । ब्रोकरको वर्गिकरण अनुसार २० करोड रुपैयाँदेखि एक अर्ब ५० करोड रुपैयाँसम्म रहनेछ । सिमित दायराको धितोपत्र दलालको लागि न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकिएको छ । 

जसले ग्राहकको आदेशअनुसार धितोपत्र खरिद बिक्री मात्रै गर्न पाउने छन् । जसको चक्ता पूँजी २० करोड रुपैयाँ रहनेछ भने अनुमति दश्तुर २५ लाख रुपैयाँ तोकिएको छ । वार्षिक शुल्क एक लाख ५० हजार रुपैयाँ रहनेछ ।

त्यस्तै दोस्रो दायरा अन्तर्गत पुर्ण दायरा सहितको धितोपत्र दलाल जसको न्युनतम चुक्ता पूँजी ६० करोड रुपैयाा रहेको छ । यस्तो ब्रोकरले ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री, मार्जीन कारोबार, लगानी परामर्श र लगानी व्यवस्थापन र निक्षेप सदश्य सम्बन्धी काम गर्न पाउने छन् । 

तस्रो दर्जाको ब्रोकरको न्यनतम चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ तोकिएको छ ।  हालसम्म संख्या तोकेर वितरण गरिँदै आएको ब्रोकरको लाइसेन्स योग्य आवेदक सबैले पाउने गरि वितरण गर्ने बाटो पनि खुला भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया