प्रि ओपन सेसन : ६ अंक बढ्यो नेप्से परिसूचक, ११ हजार १०४ कित्ता शेयर खरिदबिक्री

१ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार ४६।०८ अंक घटेर २०३०।५९ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ५.८७ अंक बढेर २०३६.४६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८० अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा ८ स्टकको ३७ लाख ७९ हजार १५९ रुपैयाँ बराबरको ११ हजार १०४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ८ वटै स्टकको मूल्य बढेको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया