अर्थमन्त्री शर्माले राजीनामा दिदै भने : एउटा संसदीय छानबिन मात्र होइन हजारौं छानबिनका लागि तयार छुु

१ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

संसदले छानबिन गर्न बुधबार ११ सदस्यीय 'संसदिय छानबिन विशेष समिति' गठन भएसँगै मन्त्री शर्माले राजिनामा घोषणा गरेका हुन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले राजीनामा दिएका हुन् ।

राजीनामा घोषणा गर्दै मन्त्री शर्माले एउटा संसदीय छानबिन मात्र होइन हजारौं छानबिनका लागि तयार भएको बताए । छानबिन समितिलाई पूर्ण रुपमा सहयोग गर्ने भन्दै उनले आफूमाथि लगाइएका आरोपको पूर्ण रुपमा अस्वीकार गर्ने बताए ।

प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री शर्मा र अनाधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको सम्बन्धमा सीसीटीभी फुटेज सहित छानबिन गर्नका लागि संसदीय समिति समेत गठन गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया