आज दोहोरो अंकले उकालो लाग्यो नेप्से, २ अर्ब बढीको कारोबार

१ बर्ष अगाडि

काठमाडौं - आज बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज १३.३३ अंकले उकालो लागेको हो । 

योसँगै नेप्से परिसूचक २०४३.९२ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर ३८८.९१ को विन्दुमा उक्लिएको छ । आज २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ । आज वित्त समूह सर्वाधिक २.७२ प्रतिशतले उकालो लागेको छ । 

जीवन बीमा समूह २.६८ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, जलविद्युत समूहमा १.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत र लगानी समूहमा ०.३३ प्रतिशतको बढोत्तरी भएको छ । 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.५६ प्रतिशतले ओरालो लागेको छ । निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०५ प्रतिशतले गिरावट आएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया