पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना पुष्टि, २० जना संक्रमणमुक्त

१ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

१५४९ जनाको पीसीआर र ११७५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा पीसीआरबाट ९० र एन्टीजेनबाट २३ जनामा संक्रमण पुष्टि भएको हो । कूल २७२४ जनाकौ नमूना परीक्षण गरिएको थियो ।

यस अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । कूल नमुना परीक्षणको तथ्यांक हेर्दा संक्रमण दर ४।१४ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्दा संक्रमण दर ५।८ अर्थात् करिब ६ प्रतिशत पुगेको देखिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया