आज कुन कम्पनीले धेरै कमाउदा कुनले गुमाए

१ बर्ष अगाडि

काठमाडौं - सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ ।

बजार आज १३.३३ अंकले उकालो लागेको हो । योसँगै नेप्से परिसूचक २०४३।९२ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर ३८८.९१ को विन्दुमा उक्लिएको छ । आज २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा किनबेच भएका छन् । यस्तै आज २ वटा कम्पनीको सेयमूल्यमा पोजिटिभ सर्किट लागेको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्यमा १० प्रतिशत तथा सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो ।

आज स्वाभिमान लघुवित्तका सेयरधनीहरुले गुमाए । यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा घटेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया