प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से, झण्डै २८ हजार कित्ता शेयर खरिदबिक्री

१ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन(शुक्रबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३८.६१ अंक घटेर २१४८.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३१ अंक बढेर २१५०.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा २१ स्टकको २० लाख ९८ हजार ९१ रुपैयाँ ४० पैसा बराबरको २७ हजार ९८६ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये १३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया