शुक्रबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

१ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ ।  

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३८.६१ अंक घटेर २१४८.१६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४.८५ अंकले घटेर २११३.३० को विन्दुमा कायम हुन पुगेको छ ।

शुक्रबारको शेयरबजारमा २ अर्ब ६२ करोड माथिको कारोबार भएको छ । यसअघिका शुक्रबार कारोबारमा पनि कारोबार रकम पनि खासै माथि उक्लिएको थिएन ।

आज सो रकम बराबरको हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यस्तै,नबिल बैंकको १४ करोड १४ लाख माथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ६२ लाख, अपि पावरको ५ करोड ६७ लाख र अरुण काबेली पावरको ५ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया