म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता सम्पन्न

साउन २१, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरू सहित) जारी गर्नुपर्ने आईपीओ  निष्कासन गर्नेछ ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपालको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन्। नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

२०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपालले नेपाली गीतसङ्गीतका एल्बमहरूको नियमित उत्पादन गर्न थालेको हो । म्यूजिक नेपालले सङ्गीत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको सुरुवात गर्दै यस क्षेत्रमा यो नेपालकै पहिलो निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो । 

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७