१० खर्ब बढि रेमिट्यान्स नेपाल भित्रियो

१ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्याँक अनुसार गत वर्ष १० खर्ब ०७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो ।

गत वर्ष रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले बढेको हो अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर ४।३ प्रतिशतले बढेर ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया