दुई कम्पनीको शेयर १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८.४२ को विन्दुमा पुगेको छ ।

शेयरबजारमा चमत्कारिक बृद्धि भएसँगै कारोबार रकम समेत बढ्न पुगेको छ । आज नेप्सेमा ५१ लाख १ हजार २९० कित्ता शेयर खरिदबिक्री हुदाँ दुई अर्ब ५ करोडमाथिको कारोबार भएको छ । 

बिहीबार नेप्से बढेसँगै दुई स्टकको शेयरमूल्य १० प्रतिशतले र दुई स्टकको शेयर शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य १० प्रतिशतले बढेको हो भने श्वेतगंगा हाइड्रोपावरको ९.९७ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको शेयर ९.९६ प्रतिशतले बढेको हो। त्यसैगरी, यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल प्रगति फण्डको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया