सिद्धार्थ बैंकको ४ अर्ब बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

१ बर्ष अगाडि

काठमाडौं- सिद्धार्थ बैंकको डिबेन्चर २०८९ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।  

मंगलबार बैंकको १० वर्षे अवधि भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।

उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । 

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम ३१ मा नेप्सेमा सूचीकृत भएको सहर्ष जानकारी गराउँदछौँ ।

उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया