पिपुल्स पावरको आईपीओ साढे १० लाख बढी आवेदन, १ अर्ब २२ करोड बढीको शेयर खरिदमाग

१ बर्ष अगाडि

काठमाडौं- पिपुल्स पावर कम्पनीको आइपीओमा साढे १० लाख बढी आवेदन परेको छ ।  

सीडीएस एन्ड क्लियरिङका अनुसार आज साँझ ५ः०३ बजेसम्ममा १० लाख ६७ हजार १८० जनाले १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६४ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । 
 
पिपुल्स पावरले साउन ३१ गतेबाट कुल २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 
 
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । केयर रेटिङले २४ मे २०२२ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ २७ अप्रिल २०२२ सम्म कायम रहन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया