भदौ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै राधी विद्युतको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रदमा आवेदन दिन सक्ने

१ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ । 

कम्पनीले हकप्रद निष्कासनका लागि यही भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ भदौ ११ गते शनिबारसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन् । 

नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले गत साउन ९ गते राधी विद्युतलाई चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो । राधी विद्युतले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ ।

 जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ । 

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया