आत्महत्या गर्न दुरुत्साह गरेको आरोपमा तीन जनालाई कर्तव्य ज्यान मुद्दा

मंगलबार, २९ माघ २०७५, ०७ : ४८

काठमाडौं - तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु) पो गरेको छ कि ? त्यसो हो भने, सचेत हुनुहोस है ।

किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न दुरुत्साह गरेको आरोपमा तीन जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको छ । यसअघि आत्महत्याका घटनामा प्रहरीले शव पोस्टमार्टम गरी सम्बन्धित व्यक्तिका परिवारलाई बुझाउँदै आएको थियो । कमै मात्र घटनामा शंकास्पद रुपमा हेरेर अनुसन्धान गर्ने प्रहरीले अहिले भने आत्महत्या गर्ने व्यक्तिको परिवारबाट उजुरी आए विस्तृत छानबिन गर्न थालेको छ ।

आन्तरिक कलह र त्यसबाट उत्पन्न आवेश आत्महत्याको कारण भएको पछिल्लो प्रहरी अनुसन्धानहरुले देखाएका छन् ।  अन्नपूर्णमा खबर छापिएकाे  छ ।
 

मंगलबार, २९ माघ २०७५, ०७ : ४८

प्रतिक्रिया