जेफ बेजोसलाई पछि पर्दै विश्वकै दोस्रो धनी व्यक्ति बने गौतम अदानी, कति छ कुल सम्पती ?

१ बर्ष अगाडि

भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । 

फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन् ।

अदानीले अमेजनका अध्यक्ष र संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन् । बेजोसको सम्पत्ति २.३ बिलियन डलर अर्थात १.४९ प्रतिशत झरेर १४९.७ बिलियन डलरमा पुगेको छ ।

पहिलो पटक सन् २००८ मा फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा देखापरेका अदानी यस वर्ष फेब्रुअरीमा एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनले भारतीय अर्बपति मुकेश अम्बानीलाई पछाडि पार्दै यो सफलता हात पारेका थिए ।

तेस्रो स्थानमा रहेका अर्नाल्टको सम्पती १५५.२० बिलियन डलर छ । पहिलो नम्बरमा एलन मस्क नै रहेका छन् । शुक्रबार प्रकाशित पछिल्लो सूचिअनुसार मस्कको सम्पत्ति २७३.५ बिलियन अमेरिकी डलर देखिएको छ । 

चौथो स्थानमा रहेका बेजोसको सम्पती १४९.७ बिलियन डलर रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया