आज पनि डलरको भाउँ नयाँ उचाइमा, नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर

१ बर्ष अगाडि

काठमाडौं - अमेरिकी डलरको भाउ आज आइतबार पनि नयाँ उचाइमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आइतबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्च गर्नु पर्ने भएको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यो रेडकर्डलाई तोड्दै आइतबार डलरको भाउले अर्को रेकर्ड बनाएको हो ।

अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरिका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ । धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ । यसले भाउ बढाएको हो ।

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो । आइतबार नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर बनेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया