नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर, १ डलर साट्नको लागि कति नेपाली पैसा खर्च गर्नुपर्छ ?

१ बर्ष अगाडि

काठमाडौं - अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ ।  पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज (बिहीबार)  डलरको भाउले नयाँ उचाइ छोएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्ने भएको छ ।

बुधबार अमेरिकी डलरको भाउ १३० रुपैयाँ ८४ पैसा थियो । मंगलबार पनि डलरको भाउमा नयाँ रेकर्ड कायम भएको थियो । त्यो रेडकर्डलाई तोड्दै बिहीबार  डलरको भाउले अर्को रेकर्ड बनाएको हो ।

धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ । यसले भाउ बढाएको हो।

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो । बिहीबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया