दलबहादुरलाई 'ताप्लेजुङ म्याराथन'को उपाधि, समपाल्मु बनिन् 'हाफ महिला म्याराथन'को विजेता

१ बर्ष अगाडि

ताप्लेजुङ - यस बर्षको ताप्लेजुङ म्याराथन दौडको विजेता जुम्लाका दलबहादुर कुँवर बन्न सफल भएका छन् । आज भएको म्याराथन दौडमा ४ घण्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी ५४ किलोमिटर पार गरी कुँवर बिजेता बनेका हुन् ।

त्यस्तै नेपाली सेनाका खगेन्द्रबहादुर भाटले ४ घण्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरी दोस्रो बनेका छन् । तेस्रो भने नेपाली सेनाकै राजन मेन्याङ्वो बनेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् । सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको हो ।

यस्तै हाफ महिला म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितेकी छिन् । सदरमुका फुङ्लिङदेखि काफ्लेपाटीसम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा गर्दै समपाल्मु प्रथम भएकी हुन् । यस्तै ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै भोजपुरकी छेन्वीमाया राईले दोस्रोस्थान सुरक्षित गरेकी छिन् । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङकी पेम्बाल्हामु शेर्पाले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दुरी पार गरि तेस्रो भएकी छिन् । प्रतियोगितामा प्रथमले रु ८१ हजार, द्वितीयलाई रु ५१ र तृतीयलाई रु ३१ हजार प्रदान गरिने छ ।

प्रतियोगिता बिहान ७ बजेर ३५ मिनेटमा सुरु भएको हो । पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा मंगलबार देखि शुरु भएको ‘ताप्लेजुङ पर्यटन महोत्सव’ आज सकिदै छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया