राष्ट्र बैंकले लम्ब्यायो स्थायी तरलता सुविधाको सापटी अवधि, अब कति दिन ?

१ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको सापटी अवधि लम्ब्याएको छ। अब बैंकहरुले अधिकतम ७ दिनको लागि केन्द्रिय बैंकबाट सापटी लिन सक्नेछन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अधिकतम ५ दिनको लागि मात्रै स्थायी तरलता सुविधा उपलब्ध गराउने व्यवस्था गरेको थियो।  तर बिहीबार बैंकले एक सूचना जारी गर्दै अधिकतम ७ दिनको लागि स्थायी तरलता सुविधाको भुक्तानी अवधि अधिकतम ७ दिन हुने जनाएको छ ।

केन्द्रिय बैंकले ७ दिनभन्दा बढी सार्वजानिक विदा परेको अवस्थामा यस्तो अवधि विदापश्चात कार्यलय खुल्ने दिनसम्मको लागि कायम गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ । 

दशैँमा ७ दिनभन्दा बढी सार्वजानिक विदा परेकोले पनि केन्द्रिय बैंकले विदाको समयमा उक्त सापटी फिर्ता गर्नु नपर्ने व्यवस्था गरेको हो । यसले बैंकहरुलाई तरलता व्यवस्थापनमा केही सहज हुने छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया