नयाँ नोटका लागि अर्बौं खर्च गर्छ राष्ट्र बैंक, वर्षेनी महँगिँदै

१ बर्ष अगाडि

काठमाडौं - दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा दिदै आएको छ । यसपटक पनि राष्ट्र बैंक नयाँ नोट वितरणको व्यवस्था गरेको छ । 

तर, नयाँ नोट छाप्नकै लागि राष्ट्र बैंकले बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्नु परिरहेको छ । गएको पाँच वर्षमा वार्षिक औसत २५ प्रतिशतले बढेको छ । गत वर्षमात्रै यो खर्च ४५.९ प्रतिशतले बढेको देखिएको छ । नेपालमा गुणस्तरीय सेक्युरिटी प्रेस नभएकाले राष्ट्र बैंकले चीन फ्रान्स फिनल्यान्ड जस्ता मुलुकमा विभिन्न दरका नोट छाप्छ ।

गएको पाँच वर्षमा मात्रै नोट छाप्नकै लागि कुल ६ अर्ब ८७ करोड खर्चिएको भएको छ । विश्व व्यापी टेन्डरमार्फत हुने यस्तो छपाइका लागि गत आर्थिक वर्ष २०७८/७९मा मात्रै २ अर्ब ४३ करोड खर्चनु परेको छ ।

यस्तो खर्च अगिल्लो वर्षको तुलनामा ४५.९ प्रतिशतले बढी हो । अगिल्लो आर्थिक वर्षमा यस्तो खर्च १ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७६/०७७मा ८७ करोड ४१ लाख रुपैयाँमात्र खर्च गरेको राष्ट्र बैंकले त्यसपछि भने नोट छपाइमा करिव दोब्बर १ अर्ब ६६ करोड रुपैयाँ खर्च गर्नु परेको थियो । 

यसबाहेक राष्ट्र बैंकले नोटको ढुवानी र बीमा पनि ठूलो रकम खर्च गर्दै आएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया