तनहुँमा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण

मंसिर ३, २०७९ | आजको अर्थ
ajaako_artha

तनहुँ / तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ ।

डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । धेरैजसो डेङ्गु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेङ्गु सङ्क्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

“मलाई पनि डेङ्गु सङ्क्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुप¥यो तर अहिले निको भएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ ।

डेङ्गुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ÷दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२९.८२१३०.४२
EUR (EUROPEAN EURO)१३६.५४१३७.१८
GBP (UK POUND STERLING)१५९.१३१५९.८६
CHF (SWISS FRANC)१३८.७९१३९.४३
AUD (AUSTRALIAN DOLLAR)८८.४३८८.८४
CAD (CANADIAN DOLLAR)९६.५६९७.००
SGD (SINGAPORE DOLLAR)९६.१०९६.५५
JPY (JAPANESE YEN)१०९.६७९.७१
CNY (CHINESE YUAN)१८.४८१८.५७
SAR (SAUDI ARABIAN RIYAL)३४.५४३४.७०
QAR (QATARI RIYAL)३५.४७३५.६४
THB (THAI BAHT)३.७४३.७५
AED (UAE DIRHAM)३५.३४३५.५१
MYR (MALAYSIAN RINGGIT)२९.५९२९.७२
KRW (SOUTH KOREAN WON)१००१०.००१०.०५
SEK (SWEDISH KRONER)१२.५७१२.६३
DKK (DANISH KRONER)१८.३६१८.४४
HKD (HONG KONG DOLLAR)१६.६८१६.७६
KWD (KUWAITY DINAR)४२३.४९४२५.४४
BHD (BAHRAIN DINAR)३४४.३५३४५.९४