कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै

१ बर्ष अगाडि

काठमाडौं / कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ ।

यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया