आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा, आजदेखि कारोबारमा

१ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । 

लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न आग्रह गरेपछि नेप्सले आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो । लघुवित्तको शेयर आज बिहीबारबाट कारोबारमा आउने भएको छ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ । 

डिपोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता भएपछि आदर्श लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया