काठमाडौं- सानिमा बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ।
नेप्सेले आज सानिमा बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४७.१८ रुपैयाँ कायम गरेको छ। आज बजार बन्द हुँदा यो बैंकको प्रतिकित्ता शेयरमूल्य २७१.९० रुपैयाँ कायम भएको थियो। अब भोलि सोमबार समायोजित मूल्यअनुसार नै यो बैंकको सेशेयर कारोबारमा आउनेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १०.९८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद लाभांश छन्।
प्रतिक्रिया