अस्पतालमा साइबर हमला, शल्यक्रिया रद्द

१ बर्ष अगाडि

पेरिस / पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ । हमलाका कारण केही  बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए ।

क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द गरेको तर वाक–इन सेवाहरू र परामर्शहरू सञ्चालन गर्न सम्भव भएसम्म गरिरहेको जनाएको छ । घटनापछि थप कर्मचारीहरूलाई सघन हेरचाह इकाईमा बोलाउनुपरेको पनि अस्पतालले जनाएको छ ।

साइबर आक्रमणले “अस्पतालको पूर्ण पुनर्गठन“ निम्त्याएको थियो, स्वास्थ्य मन्त्री ब्राउनलले जानकारी दिए ।
पेरिस अभियोजकको कार्यालयले अस्पतालले आइतबार औपचारिक उजुरी दिएपछि राज्यको डाटा ह्याक गर्ने र जबरजस्ती रकम असुल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धान खोलेको छ ।

एजेन्सी

१ बर्ष अगाडि

प्रतिक्रिया