आयात प्रतिबन्धबाट २.५ अर्ब डलर बचत

१ बर्ष अगाडि

कोलम्बो। सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताउनुभएको छ ।

बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरिएको अन्तर्राष्ट्रिय भन्सार दिवस समारोहमा राज्यमन्त्री पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयात प्रतिबन्धका कारण मानिसहरूले सन् २०२२ मा जस्तो कष्ट भोग्नुपर्ने छैन । देशले कर वृद्धि गरेर राजस्व पनि बढाएको छ र ब्याज दर बढाएर मुद्रास्फीति घटाएको छ ।”

श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४०० भन्दा बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर आर्थिक सङ्कटको अवस्था केही सुस्ताएपछि केही वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको थियो ।सिन्ह्वा

१ बर्ष अगाडि

प्रतिक्रिया