कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१ बर्ष अगाडि

काठमाडौँ - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको छ । 

संस्थाले इन्द्र बिक्रम मल्लको नाममा रहेको ३१ सय कित्ता र गणेश शर्मा पौडेलको नाममा रहेको ३७२० कित्ता शेयर बिक्री गर्ने भएको हो । सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. १०, कास्कीमा बोलपत्र पेश गर्न सक्ने छन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम अनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया