सबै सरकारी वेबसाइर्ट एकैपटक डाउन

१ बर्ष अगाडि

काठमाडौँ - शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।

सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।

 जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’देखाउँछ । यसबारे प्रधानमन्त्री कार्यलयमा बुझ्दा यो समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीको प्राविधिक टोलीले यसबारे काम गरिरहेको छ । प्राविधिक कारणले केही समय डाउन भएको छ । यो बन्दैछ । चाँडै सुचारु हुन्छ,’ प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।

त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, सबै कार्यालयका वेबसाइट डाउन भइरहेको छ । यसलाई छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । छिट्टै बन्छ । तर, के कारणले वेबसाइट डाउन भएको भन्नेबारे भने आर्यालले जानकारी दिएनन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया