अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

१ बर्ष अगाडि

काठमाडौँ - शनिबार सर्भर डाउन हुँदा रोकिएका अन्तर्राष्ट्रिय उडान फेरि सुरु भएका छन् । शनिबार दिउँसो करिब साढे तीन घण्टा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

सर्भर डाउन हुँदा केही समय समस्या भए पनि अहिले उडान सामान्य रूपमा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय  विमानहरू अवतरण पनि भएका र उडान पनि भएको अध्यागमन कार्यालयले जनाएको छ । सरकारी सर्भर डाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान रोकिएको थियो ।

दिउँसो सरकारी वेबसाइटहरूमा पनि चलेका थिएनन् । उडानहरू प्रभावित भएपछि विमानस्थलमा यात्रुको भिडभाड भएको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया