नेपालमा कस्तो छ हाल कोभिडको अवस्था ?

१ बर्ष अगाडि

काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । देशभर फाट्टफुट्ट मात्र कोभिडको सङ्क्रमण पुष्टि हुने गरेको छ ।

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन । ३३३ जनाको नमूना परीक्षण गर्दा सङ्क्रमण पुष्टि नभएको मन्त्रालयको भनाई छ । यही अवधिमा ३ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ ।

 नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार ९२ तथा एन्टीजेन विधिबाट १ लाख ५२ हजार २२० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ९ लाख ८९ हजार ५७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल कोभिड सङ्क्रमितको निको हुने दर ९८.८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा १२ हजार २० जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया