काठमाडौं। बैंकहरुले चालु आर्थिक वर्ष २०८०-८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जस अनुसार बैंकहरुको जम्मा चुक्ता पूँजी ३ खर्ब ५७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
चुक्ता पूँजीमा धेरैहुनेमा ग्लोबल आइएमई बैंक माथि देखिएको छ। यस बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । भने दोस्रो नम्बमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको छ। आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको चुक्ताँ पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, तेस्रो नम्बरमा नबिल बैंक चुक्ता पूँजी बढी हुनेमा परेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ। चुक्ता पूँजी धेरै हुनेमा प्रभु, लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एशिया, नेपाल, एग्रिकल्चर डेभलपमेन्ट, एभरेष्ट, माच्छापुच्छ्रे, नेपाल एसबिआई र अन्तिममा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छन्।
त्यसैगरी २३ अर्ब ५४ करोड रुपैयाँसहित प्रभु बैंक चौंथो स्थानमा परेको छ भने २३ अर्ब १८ करोड रुपैयाँले लक्ष्मी सनराईज बैंक पाँचौ स्थानमा रहेको छ । यता २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजीसहित हिमालयन बैंक अन्तिममा रहेको छ।
ग्राफमा हेर्नुहोस्
_UrEpoDmjVT.jpg)
प्रतिक्रिया