अधिक तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

मंगलबार, ०९ माघ २०८०, ०८ : २१

काठमाडौंः अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।

आज मंगलबार माघ ९ उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो। 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । 

साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक
मौद्रिक व्यवस्थापन विभाग
काठमाडौं
मिति २०८० माघ ९ गते रु.३० अर्ब निक्षेप संकलन बो लकबोल हुने बारेको सूचना
यस बैंकले देहायबमोजिमका विशेषता एवं शर्तहरु कायम गरी १४ दिनको लागि निक्षेप संकलन उपकरणको
बोलकबोल तथा निष्काशन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. (क) उपकरणको नाम  निक्षेप संकलन ।
(ख) आव्हान रकम  रु.३० अर्ब (तिस अर्ब रुपैयाँ मात्र) ।
(ग) बोलकबोल मिति  २०८० माघ ९ गते अपरान्ह २ः०० बजेसम्म इलष्लिभ द्यष्ममष्लन
क्थकतझ क्यातधबचभ मार्फत मात्र बोलकबोल हुने ।
(घ) निष्काशन मिति  २०८० माघ ९ गते ।
(ङ) ब्याजदर ः बोलकबोलको माध्यमबाट निर्धारण हुने ।
(च) साँवा तथा ब्याज भुक्तानी मिति  २०८० माघ २३ गते ।
(छ) बोल गर्न सकिने रकम  घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष
भाग जाने गरी कुल आव्हान रकमसम्म ।
(ज) धितो सम्बन्धी व्यवस्था  यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा
प्रयोग गर्न सकिने ।
२. निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
३. निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैं कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका
बैं क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
४. निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा
चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
५. निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो
प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
६. समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा एचय(चबतब द्यबकष्क
मा बाँडफाँड गरिनेछ ।
७. आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई
रहनेछ ।
८. स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ
र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।
९. बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा
त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
१०. निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको
यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
११. निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी एयचतायष्यि हुने भएकोले सो रकमलाई अनिवार्य नगद
मौज्दात ९ऋच्च्० मा गणना गर्न पाइने छैन । तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने क्ीच् तथा
ीष्त्रगष्मष्तथ च्बतष्य मा गणना गर्न पाइनेछ ।
१२. संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा एचभ(mबतगचभ भुक्तानी हुने
छैन ।

मंगलबार, ०९ माघ २०८०, ०८ : २१

प्रतिक्रिया