गभर्नरको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अदालतमा दायर रिट आज हेर्न नभ्याइने

मंगलबार, ०९ माघ २०८०, १४ : २०

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइने भएको छ ।

आज न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएपनि मुद्दामा सुनुवाईको पालो नआउने भएको हो ।

यस रिटको पेशी सो इजलाशको १८औँ नम्बरमा तोकिएकोमा समय अभावको कारण आज हेर्न नभ्याइनेमा परेको हो ।

यस अघि पुस १३ गते न्यायधीश शुष्मालता माथेमाको एकल इजलाशले यस मुद्दामा विपक्षीहरुसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । त्यस पछि आज संयुक्त इजलाशमा सुनुवाईको लागि पेशी तोकिएको थियो।

 

मंगलबार, ०९ माघ २०८०, १४ : २०

प्रतिक्रिया