काठमाडौं नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो ।
आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो। केन्द्रीय बैंकले ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो । आज बिहीबार माघ ११ गते दिउँसो २ बजे उक्त विकास ऋणपत्र बोलकबोल गरिने बैंकले जानकारी दिएको छ।
आज बोलकबोल भएतापनी यसको निष्कासन मिति भने माघ १२ गते तोकिएको छ । साँबा भुक्तानी मिति भने २०८५ माघ १२ गते तय भएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ। इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५प्रतिशत र १५प्रतिशत छुट्याइएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, नेपाली नागरिकले खरिद गर्ने सक्नेछन् ।
प्रतिक्रिया