आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा २३ करोड ४७ लाख बढी

आइतबार, १४ माघ २०८०, ०९ : ३२

काठमाण्डौ। चालू आर्थिक वर्षको दोस्रो सम्ममा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो। चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो ।

कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ। 
 

आइतबार, १४ माघ २०८०, ०९ : ३२

प्रतिक्रिया