काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ९एक अर्ब ८ करोड ४२ लाख ६ हजार २१९ रुपैयाँ० को १५ प्रतिशत ९१६ करोड २६ लाख ३० हजार ९३२ रुपैयाँ० का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमध्ये ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया