‘कुमारी सबल योजना’ को बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन

आइतबार, २८ माघ २०८०, ०७ : २०

काठमाडौंः माघ २८ गते आइतबार अर्थात आजदेखि कुमारी क्यापिटलले  म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।

क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई बिक्री खुला गरेको छ । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यो बन्दमुखी योजना हो ।

 यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ भने न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

आइतबार, २८ माघ २०८०, ०७ : २०

प्रतिक्रिया