काठमाडौं । हिमालयन रिइन्सुरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारीमा कम्पनीको तयारी रहेको छ । बोनस प्रस्ताव पारित गर्न र हकप्रद शेयरको प्रस्ताव गर्न कम्नपीले फागुन २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
रिइन्सुरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको हो । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव २१ प्रतिशत नगद गरी कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि समेटिएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो ।
प्रतिक्रिया