फागुन महिनाका लागि बैंकहरुले घटाए ब्याजदर, सर्वाधिक घटाउनेमा सिटिजन्स बैंक ?

सोमबार, २९ माघ २०८०, ०८ : ५१

काठमाडौँ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.४० प्रतिशत विन्दु घटेको छ।

माघ महिनामा ८.१६ प्रतिशत विन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशत विन्दुमा सीमित भएको छ।त्यसै गरी, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशत विन्दु घटेको छ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतीमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ।

 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.९० प्रतिशत विन्दु घटाएको हो।फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको तथ्याङ्क सार्वजनिक गरेका छन्।

new byajdar

सोमबार, २९ माघ २०८०, ०८ : ५१

प्रतिक्रिया