नेपाल इन्स्योरेन्सको मुनाफामा वृद्धि , कस्तो छ अन्य वित्तीय अवस्था ?

सोमबार, २९ माघ २०८०, ०९ : ५०

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 यो गत वर्षको सोही अवधिको तुलनामा २४३.३४ प्रतिशतले बढि हो । गत वर्ष कम्पनीले यस्तो नाफा १४ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।

त्यसैगरी कम्पनीले चुक्ताँ पूँजीतर्फ १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँबाट १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यता कम्पनीको जगेडा कोष १६ करोड रुपैयाँबाट ४५ प्रतिशतले बढेर २३ करोड २२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आर्जन २९ करोड ६७ लाख रुपैयाँ रहेको रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो रकम २८ करोड रुपैयाँ रहेको थियो। यस कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५५ पैसा रहेको छ भने नेटवर्थ पर शेयर २०६ रुपैयाँ १४ पैसा रहेको छ ।

सोमबार, २९ माघ २०८०, ०९ : ५०

प्रतिक्रिया