५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज

सोमबार, २९ माघ २०८०, १४ : २१

काठमाडौं- नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा नै नवीकरण नगर्ने इजाजपत्र प्राप्त मनिचेञ्जरहरुको लाइसेन्स नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम खारेज गरेको हो । 

लाइसेन्स खारेज हुने कम्पनीहरुमा फेयर मनि एक्सचेञ्ज प्रा.लि. बसन्तपुर, काठमाडौं, न्यातपोल मनि एक्सचेञ्ज प्रा.लि. तौमढी भक्तपुर, कैलाश मनि एक्सचेञ्ज प्रा।लि। क्षेत्रपाटी काठमाडौं, ग्रेस मनि एक्सचेञ्ज प्रा।लि। टिमुरे गोसाइकुण्ड रसुवा र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि लालदरबार, काठमाडौँ रहेका छन् ।  
 

सोमबार, २९ माघ २०८०, १४ : २१

प्रतिक्रिया