तारागाँउ रिजेन्सी होटल्सको नाफामा उछाल

सोमबार, २९ माघ २०८०, १४ : ३३

काठमाडौं- तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद आम्दानी पनि १.३९ प्रतिशतले वृद्धि भएको छ। कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।

अघिल्लो आवमा कम्पनीको खुद आम्दानी ६२ करोड ४३ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको सञ्चालन खर्च ३१ करोड १८ लाख र प्रशासनिक खर्च ११ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ८६ करोड १० लाख रुपैयाँ पुगेको छ ।


कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड र कुल चालु दायित्व १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५।६३बाट बढेर ९।६३ रुपेयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३३.०८ बाट बढेर १४५।६४ रुपैयाँ पुगेको छ ।

सोमबार, २९ माघ २०८०, १४ : ३३

प्रतिक्रिया