स्वरोजगार लघुवित्तको एजीएम आह्वान , बुक क्लोज कहिले ?

विहीबार, ०३ फागुन २०८०, ०८ : ०४

काठमाडौंः फागुन २६ गते स्वरोजगार लघुवित्तले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा नेपाल हाउस हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन पनि गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने प्रस्ताव राखिएको छ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछ । तसर्थ, फागुन १० गतेसम्म कायम शेयर धनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । फागुन ११ र १२ गते शुक्रवार र शनिवार परेकाले सेयर कारोबार हुँदैन ।

sworojgar

विहीबार, ०३ फागुन २०८०, ०८ : ०४

प्रतिक्रिया