यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

आइतबार, ०६ फागुन २०८०, ०७ : ०६

काठमाडौं: हिमालयन रिइन्सुरेन्स र एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन ६ गते अन्तिम मौका रहेको छ।

हिमालयन रिइन्सुरेन्सले साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते बुक क्लोज गर्दैछ। एसियन लाइफले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दै छ। भोली फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ।

तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।हिमालयन रिइन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ।

 उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।एसियन लाइफले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्दैछ । 

उक्त लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

आइतबार, ०६ फागुन २०८०, ०७ : ०६

प्रतिक्रिया