धौलागिरि लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

सोमबार, ०७ फागुन २०८०, ०८ : २८

काठमाडौँ। धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

कम्पनीले कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही सङ्ख्यामा कर्मचारी माग गरेको छ। यसका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्ष काम गरेको तथा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

त्यस्तै, प्रशिक्षार्थी पदको सहायक श्रेणीमा केही सङ्ख्यामा कर्मचारी माग गरिएको छ । यसका लागि एसएलसी वा सो सरहेका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी ज्ञान भएको र दुई पाङ्ग्रे साधनको लाइसेन्स भएको व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ । उमेरको हदमा भने १८ वर्ष पुरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
 

dhaulagiri-job

सोमबार, ०७ फागुन २०८०, ०८ : २८

प्रतिक्रिया