काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले आफ्ना कर्मचारी सामूहिक दुर्घटना बीमा प्रस्ताव आह्वान गरेको छ ।
आज एक एक सूचना जारी गर्दै बैंकले बैंकमा कार्यरत स्थायी, करार तथा मासिक पारिश्रमिक गरी करिब २ हजार ५५७ जना कर्मचारीको आव २०८०र८१ का लागि २४ सै घण्टाको जोखिम व्यहोर्ने सर्तमा दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान गरेको हो।
कम्पनीले ७ लाखको दरमा कर्मचारीको दुर्घटना बीमा गर्न इच्छुक बीमा कम्पनीहरूलाई प्रस्ताव आह्वान गरेको छ । इच्छुक बीमा कम्पनीहरूले के कति दरमा कुन–कुन सुविधा उपलब्ध गराउन सकिन्छ सो सम्बन्धी विस्तृत विवरण उल्लेख गरी बैंकको जनशक्ति व्यवस्थापन विभागमा शिलबन्दी प्रस्ताव पेश गर्नु पर्ने बैंकले आह्वान पत्रमा उल्लेख गरेको छ ।
साथै ७ लाखको दरमा कर्मचारीको दुर्घटना बीमा गर्न इच्छुक बीमा कम्पनीहरूले यहीँ फागुन २० गतेभित्र प्रस्ताव पेश गर्नुपर्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया